आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई ३५ रनले हरायो

151 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले हराएको छ । गएराति भएको खेलमा ओपनरद्वय शुभमन गिल र साई सुदर्शनले शतकीय पारी खेलेपछि गुजरातले सहजै जित निकाल्यो ।

जितपछि गुजरात १२ खेलमा १० अङ्कसहित तालिकाको आठौँ स्थानमा छ । चेन्नई समान १२ खेलमा १२ अङ्कमा साथ चौथो स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज कोलकता नाईट राइडर्स र मुम्बई इन्डियन्स खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे इडेन गार्डेनमा शुरु हुनेछ ।