विश्वकप क्रिकेटमा वेस्ट इन्डिजसँग युगाण्डा पराजित

79 पटक पढिएको

सम्पादक: Dhading News

एजेन्सी । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा वेस्ट इन्डिजले युगाण्डालाई एक सय ३४ रनले हराएको छ । वेस्ट इन्डिजले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको युगाण्डा १२ ओभरमा ३९ रन मात्रै बनाएर अलआउट भयो ।

युगाण्डाका लागि जुमा मियागीले अविजित १३ रन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन जोड्न सकेनन् । वेस्ट इन्डिजका अकेल होसेनले सर्वाधिक पाँच विकेट लिए ।

यस्तै अलजारी जाेसेपले दुई, रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक विकेट लिए ।