जिम्बाबेविरुद्ध भारतको फराकिलो जित अभिषेकले बनाए शतक

207 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ । भारतले जिम्बाबेविरुद्धको दोस्रो टी-२० खेलमा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले जिम्बाबेलाई १०० रनले पराजित गरेको हो ।

भारतले दिएको २३५ रनको लक्ष्य पछाएको जिम्बाबेले १८.४ ओभरमा अल आउट हुदै १३४ रन बनाएको थियो ।

जिम्बाबेका लागि वेस्ली माधेभेरेले सर्बाधिक ४३ रन बनाए भने लुके जोंगवेले ३३ रन बनाएका थिए । त्यस्तै ब्रायन बेन्नेटले २६ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर मुकेश कुमार र अभेश खानले ३-३ विकेट लिएका थिए भने रवि बिश्नोईले २ तथा वाशिंगटन सुन्दरले एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २३४ रन बनाएको थियो । भारतका लागि दोस्रो टी-२० खेल खेलिरहेका अभिषेक शर्माले शतक प्रहार गरेका थिए उनले ४७ बलमा १०० रन बनाएका थिए । त्यस्तै रुतुराज गायकवाडले अविजित ७७ रन बनाए भने रिंकु सिंहले २२ बलमा ४८ रन बनाएका थिए ।

यो जितपछि भारतले ५ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । यस अघि पहिलो खेल जिम्बाबेले जितेको थियो । अब सिरिजको तेस्रो खेल बुधबार हुने छ ।


One thought on “जिम्बाबेविरुद्ध भारतको फराकिलो जित

Comments are closed.