राष्ट्रिय परिचय पत्र बनाउन अब सिन्दूर टिका हटाउनु नपर्ने

239 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, १७ साउन, २०८१ । राष्ट्रिय परिचय पत्र बनाउन  सिन्दूर पोते र टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि यस्तो कार्य नगर्न सम्बन्धित कार्यालयलाई सरकारले निर्देशन दिएको छ ।
परिचय पत्रका लागि तस्बिर खिच्ने बेलामा बिशेष गरी महिलाको निधारमा भएको टिका सिन्दूर पुछेर, कानमा भएको गरगहना समेत खोल्न लगाउने गरेका कारण यस्तो कार्यको सर्बत्र आलोचना हुंदै आईरहेको छ । राष्ट्रिय परिचय पत्रको नाममा राष्ट्रिय संस्कृति र परम्परा विरोधी कार्य भएको भन्दै केही समययता परिचय खारेजीको मागगर्दै सामाजिक सञ्जालहरुमा व्यापक विरोध शुरु भएको थियो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन भन्दै सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र इकाई रहेका सबै र राष्ट्रिय परिचयपत्र इकाइलाई बुधबार ४ बुँदे निर्देशनसमेत जारी गरेको छ ।
विभागले दिएको निर्देशमा भनिएको छ ।
१, राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुबै कान देखिने गरी फोटो खिच्नुपर्नेछ । फोटो खिच्दा सिन्दूर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा पर्ने छैन ।
२, राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेस गरेको नागरिकताको प्रमाणपत्र बाहेकको अन्य कागजातहरू राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा स्क्यान गरी प्रविष्ट गर्ने प्रयोजनको लागि सम्भव भएसम्म सकल वा छायाप्रतिमा सम्बन्धित व्यक्तिले सकल बमोजिम नकल ठिक छ भनी प्रमाणित गरेको आधारमा दर्ता प्रक्रिया अगाडी बढाउने।
३, व्यक्तिको नागरिकतामा केही विवरणहरू स्पष्ट नभएको खण्डमा सीआइएमएस नागरिकताको अभिलेखबाट समेत रुजु गरी विवरण दर्ता को व्यवस्था मिलाउने।
४, त्यहाँ कार्यालयमा अन्य जिल्लाका नागरिकहरूले समेत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न आवेदन पेस गरेमा विवरण दर्ताको व्यवस्था मिलाउने ।

One thought on “राष्ट्रिय परिचय पत्र बनाउन अब सिन्दूर टिका हटाउनु नपर्ने

  1. I do believe all the ideas youve presented for your post They are really convincing and will certainly work Nonetheless the posts are too short for novices May just you please lengthen them a little from subsequent time Thanks for the post

Comments are closed.