काठमाण्डौं महानगरको न्याय प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी हरि पाटालाई

1855 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ ,२४ साउन २०८१ । काठमाण्डौं महानगरपालिकाको न्याय प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी  उप सचिव हरिबहादुर पाटा मगरले पाउनु भएको छ । धादिङको गंगाजमुना गाउँपालिकामा बरिष्ठ शाखा अधिकृतमा कार्यरत रहँदा एक महिना अघि पाटामगरको नवौं तह ( उपसचिवमा) मा बढुवा भएपछि उहाँको पदस्थापना काठमाण्डौं महानगरपालिकामा भएको थियो ।

महानगरपालिकाले साउन २३ गते नवौँ तहका अधिकृतहरुलाई पदस्थापन गर्ने क्रममा पाटा मगरलाई न्याय प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएको हो ।

तत्कालिन जिल्ला विकास समिति धादिङमा  अधिकृतबाट निजमाति सेवामा प्रवेश गर्नु भएका पाटा मगरले संघीय संरचना परिवर्तन संगै जिल्लाको धुनिबेशी नगरपालिका, गजुरी गाउँपालिका, सिद्धलेक गाउँपालिका र गंगाजमुना गाउँपालिकामा काम गर्नु भएको थियो । पाँच महिना अघि सिद्धलेक गाउँपालिकाबाट जर्वजस्त सरुवा गरिएपछि पाटा मगर गंगाजमुना गाउँपालिकामा कार्यरत हुनुहुन्थ्यो ।

धादिङको सिद्धलेक गाउँपालिकाका स्थायी वासिन्दा पाटा मगर स्थानीय तहमा अनुभवी, शालिन र स्वच्छ छवीका कर्मचारीका रुपमा चिनिनुहुन्छ ।पाटा मगरलाई साउन २३ गते गंगाजमुना गाउँपालिकाको तर्फबाट पदोन्नती भएकोमा बधाई दिंदै काठमाण्डौं विदाई गरिएको थियो ।


3 thoughts on “काठमाण्डौं महानगरको न्याय प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी हरि पाटालाई

  1. सरलाई हाम्रो कार्यालयमा स्वागत छ .

Comments are closed.