अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

113 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा काठमाडौं महानगरपालिका-२६ गोंगबु नयाँ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन १५ ग्राम ५ सय मिलिग्राम, नगद ४० हजार रूपैयाँ र मोबाइल ३ थान सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी राजविराज नगरपालिका-९ घर भएका २४ वर्षीय पवन कुमार मेहता र उदयपुर त्रियुगा नगरपालिका-७ घर भएका २७ वर्षीय अनिल परियार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट अवैध लागूऔषध खैरो हेरोइन ६ सय ४० मिलिग्राम र मोबाइल २ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिराहा गोलबजार नगरपालिका-६ घर भएका ३३ वर्षीय धर्मेन्द्र सिंह र सिराहा मिर्चैया नगरपालिका-५ घर भएका ३३ वर्षीय अनिल साह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी बस्ने ३१ वर्षीय नबिन श्रेष्ठ र चितवन भरतपुर नगरपालिका-१२ बस्ने २९ वर्षीय सुरज कुमाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-१२ शिमलघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ७० मिलिग्राम सहित भारत लखिमपुर खीरी सुडा बस्ने ४५ वर्षीय छोटेलाल रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडा कैलाली र सुदुरपश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसैगरी कैलाली, गोदावरी नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय सुरेन्द्र चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


2 thoughts on “अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

  1. Normalmente eu não leio artigos em blogs, mas gostaria de dizer que este artigo me forçou a tentar fazê-lo. Seu estilo de escrita me surpreendeu. Obrigado, ótima postagem

  2. Today, while I was at work, my sister stole my iphone and tested to see if it can survive a forty foot drop,
    just so she can be a youtube sensation. My iPad is now destroyed and she has 83
    views. I know this is entirely off topic but I had to
    share it with someone!

    Feel free to visit my blog post – Deposit Qris 5000

Comments are closed.