धादिङको थाक्रेमा कैलाश हेलिकप्टर आकस्मिक अवतरण
972 पटक पढिएको
धादिङ (थाक्रे) ,२९ साउन २०८१ ।पोखरा बाट बिरामी लिएर काठमाडौ उडेको कैलास एयरबेजको हेलिकप्टर खराब मौसमका कारण धादिङको थाक्रे गाउँपालिका ७ मा आकस्मिक अवतरण गराईएको छ।
काठमाडौ प्रबेश गर्न खराव मौसमले असम्भव भए पछि केहिबेरका लागि हेलिकप्टर थाक्रे ७ मा आकस्मिक अबतरण गरिएको हेलिकप्टर ४५ मिनेट पछि काठमाडौ उडेको छ।
पोखरा मणिपाल अस्पताल बाट काठमाण्डौको हेम्स अस्पतालमा बिरामी पुर्याउन उडेको 9N AML कैलास हेलिकप्टर खराब मौसमका कारण केही बेर थाक्रे गाउँपालिकाको सातकिला नजिकै धान खेतमा४५ मिनेट अवतरण गरेको थाक्रे ७ का वडाअध्यक्ष युवराज खतिवडाले धादिङ न्युजलाई जानकारी दिनु भयो ।
वडाअध्यक्ष खतिवडाका अनुसार हेलिकप्टरमा दमका बिरामी तिलक प्रसाद पराजुली सहित उहाँका आफन्त र अन्य गरि ५ जना रहेका थिए। मौसम अनुकुल भए पछि हेलिकप्टर काठमाडौ उडेको पनि खतिवडाले बताउनु भयो ।








IxUeuVPD