पेट्रोलमा प्रति लिटिर ५ डिजल तथा मट्टीतेलमा ३ रुपैयाँ मुल्य घट्यो

300 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

निगमको विहिबार बसेको संचालक समितिको वैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

 

निगमले भारतबाट आएको नयाँ मुल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ ।

नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६५ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ ।


2 thoughts on “पेट्रोलमा प्रति लिटिर ५ डिजल तथा मट्टीतेलमा ३ रुपैयाँ मुल्य घट्यो

  1. Hi my loved one I wish to say that this post is amazing nice written and include approximately all vital infos Id like to peer more posts like this

Comments are closed.