प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवाबीच भेटवार्ता

217 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग राजनीतिक विमर्श भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन् ।

देउवासँगको भेटबारे जानकारी दिँदै ओलीले भनेका छन्, ‘आज शनिबार, नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो । केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए । सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए ।’


One thought on “प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवाबीच भेटवार्ता

Comments are closed.