टिकटक माथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

164 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ न्यूज

काठमाण्डौं, ६ भदौ २०८१ । तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड सरकारले गत वर्षको कात्तिकदेखि हचुवाको भरमा बन्द  गरेको लोकप्रिय सामाजिक सञ्जाल टिकटक खुल्ने भएको छ । प्रचण्ड सरकारले कुनै आधार विना लगाएको टिकटक माथिको प्रतिबन्ध केपि शर्मा ओली नेत्तृत्वको सरकारले खुलाउने निर्णय गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले  अघिल्लो सरकारले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

बैठकले टिकटकलाई तीन महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको छ ।


One thought on “टिकटक माथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

Comments are closed.