नेपाली सेनाको ४५औं प्रधानसेनापति बने अशोकराज सिग्देल

507 पटक पढिएको

१२ भाद्र २०८१, बुधबार १३:१३ सम्पादक: धादिङ न्यूज

१२ भदौ बुधबार २०८१ ।

काठमाडौँ-नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त हुनुभएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ बाट लागू हुने गरी नेपाली सेनाको प्रधान सेतापतिमा नियुक्त गर्नुभएको हो।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देललाई प्रधानसेनापति पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

हालका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल २४ भदौमा सकिंदैछ । त्यसको एक महिनाअघि विदा बस्ने सैनिक परम्परा भएकाले  सिग्देललाई १६ साउनमा कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो ।

३७ वर्षअघि सैनिक सेवामा प्रवेश गरेका सिग्देलको स्थायी घर भैरहवा हो ।उनले रणनीतिक अध्ययनमा त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर अध्ययन गरेका छन् ।