टिकटक माथिको प्रतिवन्ध १० महिना पछि पूर्णरुपमा हट्यो

422 पटक पढिएको

२१ भाद्र २०८१, शुक्रबार १५:२१ सम्पादक: धादिङ न्यूज

काठमाडौँ २१ भदौ शुक्रबार २०८१ । तत्कालिन प्रचण्ड सरकारले हचुवाको भरमा प्रतिवन्ध लगाएको  टिकटकमाथिको प्रतिबन्ध सरकारले औपचारिक रूपमा हटाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टिकटकमाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको जानकारी गराएको हो।

प्रचण्ड नेतृत्वको तत्कालिन सरकारले २०८०  कात्तिक २७ गते सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । २०८१ भदौ ६ गतेको मन्त्री परिषदको बैठकले टिकटकमाथि लगाएको प्रतिवन्ध हटाउने निर्णय गरेको हो ।