पहिरो पन्छाएपछि नाैबिसे – नागढुङ्गा सडक एक तर्फि सञ्चालन
606 पटक पढिएको
धादिङन्यूज संवाददाता
काठमाडौं, भदौ २४
सुरूङमार्ग नजिकै पहिरो खसेर अबरुद्ध भएको नाैबिसे – नागढुङ्गा सडक एक तर्फि सञ्चालन आएको इलाका प्रहरी कार्यालय खानिखाेलाले बताएको छ।
धादिङ धुनिबेँसी नगरपालिका-९ स्थित त्रिभुवन राजपथकाे सुरुङमार्ग निर्माणस्थल नजिकै लेदोसहितको पहिरो जाँदा त्रिभुवन राजमार्गमा सोमबार साँझ ६ वजे बाट सवारी आवागमन ठप्प हुन पुगेको थियो ।
सोमबार दिउँसोको भारी वर्षाका कारण बेलुकी छ बजेतिर त्रिभुवन राजपथ अन्तर्गत खत्री पाैवास्थित सुरुङ मार्ग क्षेत्रमा लेदोसहितको भेल सडकमा जमेर सवारी साधन गुड्नै नसक्ने भएको थियो ।
सडकमा जमेको पहिरो पन्छाएर एकतर्फी रुपमा मोटर गुड्न थालेपनि दुवै तर्फि मोटर गुड्न अझै केही बेर लाग्ने प्रहरीले जनाएको छ ।
सडकमा जमेको लेदो माटो सहितको पहिरोमा फसेका सवारस् साधन निकालेर पहिरो पन्छाउने काम भईरहेको छभने राजमार्गमा सवारीको चाप पनि निकै रहेको छ ।
‘









Wow wonderful blog layout How long have you been blogging for you make blogging look easy The overall look of your site is great as well as the content