राष्ट्रिय युवा संघ धादिङको अध्यक्षमा सुनिल तामाङ निर्वाचित

190 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, २६ भदौ २०८१ । नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ धादिङको अध्यक्षमा सुनिल तामाङ निर्वाचित भएका छन् ।

मंगलबार राती धादिङबेसीमा सम्पन्न भएको संघको ९ औं अधिबेशनबाट तामाङको अध्यक्षतामा ५५ सदस्यिय जिल्ला कमिटीको चयन भएको हो ।
अधिबेशनबाट संघको जिल्ला उपाध्यक्षमा गुनु लामा, सह सचिवमा राजु तामाङ र गणेशलाल श्रेष्ठ, कोषाध्यक्षमा सुमन अधिकारी चयन भएका छन् ।

यसै गरी युथ फोर्स विभाग प्रमुखमा निशान विसुराल निर्वाचित भएका छन् । ९ औं अधिबेशनको मंगलबार सदरमुकाम धादिङबेसी स्थित एमाले पार्टी कार्यालयको हलमा उद्घाटन गरिएको थियो ।

 


One thought on “राष्ट्रिय युवा संघ धादिङको अध्यक्षमा सुनिल तामाङ निर्वाचित

Leave a Reply

Your email address will not be published. Required fields are marked *