एमाले नेता महेश बस्नेत विरुद्धको मुद्दा उच्च अदालतबाट खारेज

100 पटक पढिएको

सम्पादक: Dhading News

whatsapp sharing button
sharethis sharing button

काठमाडौं ,२७ भदौ २०८१ ।  नेकपा एमालेका नेता महेश बस्नेत विरूद्धको मुद्दा उच्च अदालत पाटनले खारेज गरेको छ ।

२०८१ वैशाख २० गते एक महिलाले हालेको मुद्दा बुधबार उच्च अदालतले खारेज गरेको हो ।

न्यायाधीशद्वय ऋषिराज भण्डारी र खडानन्द तिवारीको इजलासले बस्नेत विरुद्धको मुद्दा दाबी नपुग्ने भन्दै खारेज हुने फैसला सुनाएको छ ।

यस अघि जिल्ला अदालत काठमाडौंमा हालेको रीट पनि खारेज भएपछि ति एक महिलाले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् ।जिल्ला अदालत काठमाडौंले बलात्कार आरोप लागेको मुद्दामा बस्नेतलाई सफाइ दिएको थियो ।

एमाले नेता बस्नेतविरुद्ध ति महिलाले बलात्कार, भ्रुण हत्या तथा डकैतीको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गरेकी थिइन् । सुरुमा सीधै प्रहरीमा जाहेरी दिएकोमा दर्ता नभएपछि हुलाकमार्फत उनले मुद्दा दर्ता गरेकी थिइन् ।


2 thoughts on “एमाले नेता महेश बस्नेत विरुद्धको मुद्दा उच्च अदालतबाट खारेज

  1. Somebody essentially lend a hand to make significantly posts I might state That is the very first time I frequented your web page and up to now I surprised with the research you made to create this particular put up amazing Excellent job

Leave a Reply

Your email address will not be published. Required fields are marked *