थोपलखोलामा मोटर गुड्ने पक्की पुल निर्माण यसै आर्थिक बर्षमा शुरु हुने
395 पटक पढिएको
धादिङ,२७ भदौ २०८१ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीबाट जिल्लाको उत्तरी क्षेत्र जोड्ने धादिङवेसी साङकोष तिप्लिङ सडकको मुख्य नाका धादिङबेसी पुछारवजार स्थित थोपल खोलामा मोटर गुड्ने पक्की पुल निर्माण गरिने भएको छ ।
नीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ र १२ जोड्ने थोपल खोलामा पुल नहुंदा आम नागरिकले भोग्नु परेको समस्यालाई लिएर बुधबार नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले भौतिक पुर्बाधार बिकास मन्त्रालय,यातयात पुर्बाधार निर्देशनालयका निर्देशक पुष्कर प्रसाद पोखरेलसङ्ग भेटेर छलफल गरेपछि पुल निर्माणको प्रकृया अघि बढ्ने सहमती भएको हो ।
नगरप्रमुख ढुंगानाको नेत्तृत्वमा गएको टोलीसंग छलफल पछि निर्देशनालयका निर्देशक पोखरेलले आगामी माघ महिना भित्र पुलको डिपिआर निर्माण गर्ने र यसै आर्थिक बर्षबाट काम सुरु हुने जानकारी दिएको भीम ढुंगाना निजी सचिवालयले जनाएको छ ।
बागमती प्रदेशले यसअघि सोही स्थान भन्दा माथी थोपल खोलामा निर्माण सुरु भएको पुलको काममा गल्ती भएको भन्दै आगामी दिनमा यस्तो गल्ती नगर्ने भन्दै मन्त्रालयले माफी मागेको समेत ढुंगानाको सचिवालयले जनाएको छ ।
थोपल खोलामा पुल नहुंदा बर्षौ देखि सर्वसाधरणले सास्ती खेप्दै आईरहेका छन् । पक्की पुल निर्माणका लागि कुनै पनि निकायबाट पहल नहुंदा जनप्रतिनिधिहरुको आलोचना हुंदै आईरहेको थियो ।
One thought on “थोपलखोलामा मोटर गुड्ने पक्की पुल निर्माण यसै आर्थिक बर्षमा शुरु हुने”
Comments are closed.
Just wish to say your article is as surprising The clearness in your post is just cool and i could assume youre an expert on this subject Fine with your permission allow me to grab your RSS feed to keep updated with forthcoming post Thanks a million and please keep up the enjoyable work