धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी मन्त्रालय तानिए
559 पटक पढिएको
काठमाडौं,१४ असोज २०८१ । गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले आइतबार धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरेर मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो ।
यसै गरी गृह मन्त्रालयले काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरेको छ।मन्त्रालयका अनुसार काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा गर्दै मन्त्रालयका सहसचिव उमेश ढकाललाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
जोखिमको पूर्वसूचना हुँदाहुँदै पर्याप्त तयारी नगरेको र सवारी साधन सन्चालनमा रोक नलगाएको भन्दै सरकारले आइतबार काभ्रेपलाञ्चोक र धादिङका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालय तानेको हो ।
३ दिनसम्म परेको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । जसमा धादिङको झ्याप्ले खोलामा गएको पहिरोमा परि ३५ यात्रुको मृत्यु भएको थियो ।








धादिङ को CDO प्रहरि प्रमुख सडक निर्माण आयोजना प्रमुख आयोजना सुपरिवेक्षण कार्य प्रमुख लाइ कार्वाहि गर्नु पर्छ सडक निर्माण को क्रम मा लापरबाही को कारण यो घटना हुन पुगेको हो बाताबरणिय मुल्यांकन को अब्मुल्यन गर्नु नै घट्ना को प्रमुख कारण हो