मलेखु नजिकै परेवाभिरमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग बन्द

1071 पटक पढिएको

१४ आश्विन २०८१, सोमबार २१:१० सम्पादक: धादिङ न्यूज

धादिङ, १४ असोज २०८१ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ स्थित परेवाभिरमा सुख्खा पहिरो खसेपछि पृथ्वीराजमार्गमा दुईतर्फी आवागमन रोकिन पुगेको छ ।
असोज १४ गते ७.३० वजे तिरको समयमा मलेखु माछाबजार र फुर्केखोलाको बिचमा रहेको परेवाभिरमा सुख्खा पहिरो खसेर सडक वन्द हुन पुगेको हो । पहिरो पन्छाउन नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी सहितको सुरक्षा निकायले पहल गरिरहेको भएपनि  रातको समयमा पहिरो पन्छाउन असम्भव भएकोले राजमार्गमा रहेका सवारी साधनलाई सुरक्षित स्थानमा राख्न सवारी चालकहरुलाई  जिल्ला प्रहरी कार्यालय धादिङले सामाजिक सञ्जाल मार्फत अनुरोध गरेको छ ।

तीन दिन पछि झ्याप्ले खोलामा पहिरोले अबरुद्ध भएको सडक  खुलेपछि देशका विभिन्न जिल्लाबाट राजधानी जाने र राजधानीबाट वाहिरिने सवारीको संख्या निकै रहेको छ । सोमबारबाट रात्रीवस खुलेको कारण आज पृथ्वीराजमार्गमा सवारीको चाप रहेको छ


सूचनाको लागि धन्यवाद ,,सुरक्षीत रहौ,,