भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

51 पटक पढिएको

सम्पादक: Dhading News

नयाँ दिल्ली । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएकाे छ । उनकाे बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको हाे ।

टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको पुष्टि गरेका छन्। उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो।

राति करिब २ बजे उनको शव अस्पतालबाट घर ल्याइएको थियो । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताएका छन् ।

उनको निधनमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत देशका धेरै दिग्गजहरुले दुःख व्यक्त गरेका छन् । रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । भारत सरकारले रतन टाटालाई पद्मविभूषणबाट सम्मानित गरेको छ ।एजेन्सी


One thought on “भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *