रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी ,लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीको सीआईबी को टोली पार्टी कार्यालय वनस्थलीमा

439 पटक पढिएको

२ कार्तिक २०८१, शुक्रबार १८:४३ सम्पादक: धादिङ न्यूज

काठमाडौँ कार्तिक २, २०८१ शुक्रबारराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पार्टी कार्यालय, वनस्थली पुगेको छ।

लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएलगत्तै सीआईबीका एसपी होबिन्द्र बोगटीसहितको सीआईबी टोली रास्वपा पार्टी कार्यालय पुगेको हो। रवि अहिले पार्टी कार्यालयमा हुनुहुन्छ।आजै कास्की जिल्ला अदालतबाट प्रहरीले रविलाई पक्राउ गर्न अनुमति लिएको थियो।

अहिले रास्वपा कार्यालयमा समर्थकको ठूलो भिड लागेको छ। शुक्रबार सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी भएपछि समर्थकहरू पार्टी कार्यालयमा भेला भएका हुन्।

पोखराको सूर्य दर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत कास्कीले लामिछानेसहित उनीहरूलाई पक्राउका लागि एकै पटक अनुमति दिएको हो।

जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले पक्राउ अनुमति दिएको हो।  जिल्ला जिल्लाले  पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसँगै विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र बावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दिपा न्यौपाने र  कल्पना कुमारी श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार अदालतसमक्ष पक्राउ अनुमति माग गरेको थियो।

प्रहरीको मागअनुसार उनीहरुसँग बयान लगायतका थप अनुसन्धान गर्नुपर्ने आधार, कारण मनासिब देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम निजलाई पक्राउ गर्न अनुमति दिइएको उल्लेख छ।


🔋 Reminder- + 1,8208484 BTC. Assure >> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MzEwMDQ1OTA3OTA3JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZzaWduYXR1cmU9MjhkY2IwZjc1MWNiMmM1ZGE2N2E3MTIxN2MxZjc2NDAyODNiNTcyNmQxZDYxYTA1ZDkwYzM4MjEwOTI1MTkzMg==?hs=53a471e4a04096f33e00048f2129a9eb& 🔋 says:

l3b0nk