तिब्बतीलाई नागरिकता दिलाउने चार जना पुर्पक्षका लागि थुनामा
684 पटक पढिएको
धादिङ, ४ कात्तिक २०८१ । झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्यमा संलग्न चारजनालाई जिल्ला अदालत धादिङले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
सोनाम तामाङ भनिने तिब्बती नागरिक छिरिङ ढुन्डुपको साथबाट बरामद भएको जिल्ला प्रशासन कार्यालय धादिङ, ना.प्र.न. २६-०१-८१-०३२१७ को नेपाली नागरिकता सम्बन्धमा अनुसन्धान गर्न पक्राउ परेका ६ जना मध्ये चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने फैसला गरेको हो ।
तिब्बती नागरिक सोनामले धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ ठेगाना राखेर ०८१ असार ६ गते जिल्ला प्रशासन कार्यालय धादिङबाट जारी गरेको नेपाली वंशजको नागरिकतामा झुटा विवरण देखाइ विदेशीलाई नागरिकता दिएको मुद्दामा नागरिकता लिने सोनाम समेत चार जनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलाको इजलासले विदेशीलाई नागरिकता दिलाएको मुद्दामा सम्लग्न भएको आरोप लागेका तिब्बती नागरिक छिरिङ डोण्डुप, सिन्धुपाल्चोकका छिरिङ वाङदी शेर्पा र धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ५ का रामेश्वर रिजाललाई पुरपक्षका लागि थुनामा पठाउने आदेश पछि उनिहरुलाई जिल्ला कारागार पठाइएको छ ।
यसैगरि सोही मुद्दाका प्रतिवादी नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ का मदनबहादुर तामाङ र जिल्ला प्रशासन कार्यालयका सुब्बा कृष्णप्रसाद थपलियालाई भने जिल्ला अदालतले ५१/५१ हजार धरौटीमा रिहा गरेको छ ।
झुठ्ठा विवरण देखाइ विदेशीलाई नागरिकता दिएको, मुद्दा संगै झुठ्ठा विवरण पेश गरेर राष्ट्रिय परिचयपत्र बनाएको, राहदानी बनाउने प्रकृया समेत थालेको कसुरमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दामा प्रतिवादी बनाइ तिब्बती नागरिक छिरिङ डोण्डुप, सिन्धुपाल्चोकका छिरिङवाङदी शेर्पा र धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ५ का रामेश्वर रिजाललाई तिन ओटा कसुरमा अभियोजन गरिएको जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी अभिवक्ता रबिन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाण्डौको जुवा खेलिरहेको अवस्थामा तिब्बती नागरिक छिरिङ डोण्डुपलाई प्रहरीले असोज ४ गते पक्राउ गरेपछि नागरिकता किनेको र आफ्नो ठेगाना तिब्बत बताएपछि विदेशीले धादिङबाट नागरिकता जारी गरेको देखिएको थियो । उपत्याका अपराध अनुसन्धान कार्यालय काठमाण्डौले अनुसन्धानपछि घटनाबारे उल्लेख गरेर जिल्ला प्रशासन कार्यालयका सुब्बा थपलिया बाहेकलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको थियो । प्रहरीले लामो अनुसन्धानपछि थुनछेक बहससंगै चारजनालाई कारागार चलान गरिएको छ भने २ जना धरौटीमा छुटेका हुन् ।








Thinker Pedia very informative articles or reviews at this time.
Blue Techker Awesome! Its genuinely remarkable post, I have got much clear idea regarding from this post . Blue Techker