रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

623 पटक पढिएको

८ कार्तिक २०८१, बिहीबार १५:२४ सम्पादक: धादिङ न्यूज

पोखरा  ८ कार्तिक  २०८१। सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई अनुसन्धानका लागि हिरासतमा राख्न थप ७ दिनको अनुमति दिएको हो ।

कात्तिक २ गते शुक्रबार पक्राउ परेका रविलाई ४ गते पक्राउको मितिबाट गणना हुने गरी अदालते ६ दिन म्याद थपेको थियो ।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेलाई शनिबार बिहान पोखरा ल्याइएको थियो ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोर्खा मिडियामा आएको र गोर्खा मिडियाको कारोबारमा रवि लामिछाने संलग्न रहेको भन्दै आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो ।


📇 You have received a notification # 553. Read > https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=ac89e2fc96ee7b0a228f4a79fdf6f816& 📇 says:

n9ruyv