निर्वाचनमा स्वच्छ व्यक्तिको आवश्यकता
659 पटक पढिएको
बाबुराम घिमिरे
संविधान निर्माण नभए पश्चात देश अहिले अधोगती तिर लाग्दैछ । राजनीतिक दलहरु संविधान निर्माणमा भन्दा पनि सत्ता भागवण्डा, जातिय दंगा, युवा युवा बीच भिडन्त गराई मुठभेडको अवश्था सिर्जना गराएर आफ्नो दल ठूलो हुने कुरा गरिरहेका छन् र जसरी पनि आफू सत्तामा पुग्न आतुर छन् ।
कुनै राजनीतिक दल २४० मा १८० स्थान सुरक्षित भन्ने भ्रम फैलाउन थालेका छन् भने कुनै दल सबै भन्दा ठूलो पार्टी बन्ने पूर्व घोषणा गर्दैछन् । कुनै दल भित्रभित्र काक्रो जस्तो बनेको पार्टीलाई एक ढीका भएको भन्दै जनतालाई सुनाउँदैछन् तर विडम्बना यस पहिला आफूले गरेको कुक्रित्य जनताले थाहै नपाएजस्तो गरेर किन यि पार्टीहरु जनताको आखामा छारो हाल्न अग्रसर भएका होलान् ।
जनताले जातिय दंगा बाट अथवा भनौं धर्म युद्धबाट भारतिय भूमिका अयोध्याको रामजानकि मन्दीर र बाबरी मस्जीद बीचको द्वन्द्व सुन्यौं, सो काण्डको विषयमा बंगलादेशमा अल्पसंख्यक हिन्दूको पिडा सुन्यौं अफगानिस्तानको सिया सुन्नीको कलह अझै चल्दैछ, पाकिस्तान पनि एउटै धर्म मान्ने बीचको कलहमा अझै फसेकै छ । जातिय दंगाले श्रीलंकामा हजारौं हजारको मृत्यु पछि पनि कसरी त्यहाँको सरकार, विद्रोही र जनताबीच शान्ति स्थापनामा अहिले सरिक वने यस्ता विषयमा हाम्रा नेताहरुमा ध्यान जानु जसरी छ ।
जातिय द्वन्द्वबाट भारतिय भूमि पनि अछुतो रहेन जस्को उदाहरण हुन् फलनदेवी त्यस कारण कालमाक्र्सको धर्म संबन्धी दृष्टिको अवलम्बन गर्नु जरुरी छ वहाँले भन्नु भएको थियो ‘धार्मिक द्वन्द्वनै वास्तविक द्वन्द्वको अभिव्यक्ति र प्रतिवादपनि’ अर्को तर्फ धर्म शोषण र उत्पिडनको प्रतिक र हृदय नभएको समाज, आत्मा नभएको समाज हो र धर्मजनताको अफिम हो’ । जसरी नेपालमा जातिय मुक्ती, जातिय राज्य आदिका कुरा उठाएर नेपाली नेपाली बीचमा ….. बिजारोपण गरियो त्यो वास्तवमै गलत थियो त्यो अव कहिल्यै निको नहुने खालको सैनीपात खटीरो वनेको छ । जनता देशमा भातृत्व चाहन्छन् तर निहित स्वार्थीबाट उठाइएको जातिय आन्दोलनले देशमा अराजकता थपिएको स्वयं एमाओवादी कार्यकर्ता स्वीकार्छन् ।
विक्रम संवत २०५१ साल फागुन १ गतेबाट ‘भाडाका सिपाही जन्माउने देश नेपाललाई नपार’ गीत गुन्गुनाई हिड्ने तत्कालिन जनमोर्चा तथा कथित जनयुद्ध संचालन गरेर देशमा जनवादी सत्ता बन्दुकको नालबाट जन्मन्छ भन्दै करिब १६ हजारको रगत पोखे पछि अहिले जसरी एमाओवादी अगाडी बढेको छ । त्यसले जातिय कलहमात्र होइन देश पर निर्भरता तर्फ धकेलि रहेको छ । २०५१ देखि २०६२ सम्मको कालखण्डमा शैनिक तथा कथित माओवादी(अध्यक्ष माओका तीन नियम र आड उपनियमको पालना गर्नेपार्टी भएकाले) को चेपुवा परेका युवा शैनिक वा माओवादीमा जवर्जस्ती लाग्न कर गर्दा विदेशिनु परेका युवा स्वदेशको आफ्नो पेशा गर्न बञ्चीत भए पछि उनीहरुबाट आश्रित परिवार समेत परावलम्बी हुन पुगे अहिले करिब ६५ लाख श्रम गर्न सक्ने युवा विदेशमा छन्, श्रमशक्ति विदेशीएकाले देश आत्मस्वावलम्बी बदला परावलम्बी बन्दै गएको छ । जो भारतीय एकाधिकार बजार चाहन्छ ।
भारतीय एकाधिकार पुँजी बजारको रुपमा जरा गाडेको नेपालमा समय समयमा देशमा विवाद चर्काउने र अनावश्यक आक्षेप जगाउने गरिएको छ । भारतमा मोष्ट वाण्टेड सूचिमा रहेका असिम भट्कल रक्सौलमा पक्राउ परेपछि अनावश्यक रुपमा मोतिहारीका एसपीले भने ‘भट्कल नेपाल भारत सीमा पे गिरफ्तार’ यो भनाई थियो रक्सौल के नेपाल हो ? हैन भने विवादीत भनाई किन ? के यो हेपाहा प्रवृत्ति होइन ? हुन त तथा कथित एमाओवादी ‘र’ बाट सञ्चालित भएकाले अहिले तथा कथित जनयुद्धको समयमा गरेको भारतको विरोध अहिले छाडेर भारतको सामुन्ने लम्पसार परेको किरणको भनाईमा कति सत्यता छ ? त्यो भविष्यले नै बताउने छ ।
अहिले नेपालीहरु यूवा शक्ति विदेशीएका कारण आयत मुद्रा बाट हरेक क्षेत्रमा ज्यादै शौखिन बनेका छन् । जुन भविष्यमा आफ्नो आयले नै धान्न नसक्ने अवस्था हाम्रा युवाहरु कहिले सम्म श्रम बेचेर यहाँको आवश्यकता पुर्ति गर्ने ? मुलत ः ज्यादै मजदुरी गर्नका लागि अहिले युवा शक्ति खाडी मुलुक लगायत दक्षिण कोरियामा धेरै जनशक्ति छ । भोलिका दिनमा विश्वको जनसंख्यालाई हेर्दा जसरी बढेको छ बैज्ञानिक, आविश्कारले जसरी श्रम गर्नु पर्ने समय कटौति हुँदैछ त्यसरी नै भोलि युवा शक्तिको विदेश जान रोक लाग्यो भने भोलिका दिन भारतिय बजारमा बोरामा पैसा लाने र झोलामा सामान लिएर आउनु पर्ने दिन देख्न नपर्ला भन्न सकिँदैन ।
अव हुने संविधान सभाको चुनावबाट संविधान बन्ने निश्चित आधार र मापदण्ड पुरा गरेर मात्र उम्मेदवार चयन हुनुप¥यो यो उद्देश्य बिहीन चुनावबाट समाजमा स्थापित व्यक्तित्व, सामाजिक संरचना प्रति इमान्दार सार्वजनिक संपत्तीको संरक्षक र अहंकार विनाको नेपाल भूमिको संरक्षण गर्ने र सबै भाषा, धर्म, संस्कृति रिती रिवाजको संरक्षण गर्न सक्ने व्यक्ति नै संविधान निर्माणको वाधक बन्दैन अन्यथा हिजोका ६०१ भातमारा(काम नगरीकन मात्र खाने) जस्तै भएमा देश अझै ओरालो लाग्ने निश्चित छ ।
आगामी संविधान सभा निर्वाचनका लागि हाम्रा उम्मेद्वारलाई निम्नानुसारका प्रशन सोधि उचित उत्तर लागेमामात्र आफ्नो सभासद छान्न अनुरोध गर्दछु पाठक महोदयलाई ।
(क) विगतमा झैं भत्ता मात्रै पचाउने कि संविधानपनि बनाउने (ख) जातिय मुठभेड निम्त्याउन प्रोत्साहन दिने कि वर्गीय चेतना अभिबृद्धि गर्ने गराउने ? तपाई शहर मुखि भएर विगतमा झैं काठमाडौं बस्ने कि गाउँ मुखि बन्ने ः तपाई अवाञ्छित क्रियाकलापमा संलग्नलाई संरक्षण गर्ने कि कानूनी राज्य स्थापनामा पहलकदमी गर्ने ? कुनै प्रकारको हत्या भए पनि हत्यानै हो र व्यक्ति हत्यारा नै हो त्यस्तालाइ संरक्षण गर्ने कि कारवाही ? अन्त्यमा दलबलहरु प्रति कति विश्वस्त हुनु हुन्छ ? यस्ता प्रश्नको उत्तर नखोज्नेले नै अराजकता बढेको छ त्यसकारण भो दिनुपूर्व सभासद बन्नेको प्रतिबद्धता अपरिहार्य र अनिवार्य छ ।
अन्त्यमा ः राष्ट्रप्रति त्याग र समर्पणको भावना भएको स्वच्छ र योग्य व्यक्तिलाइ संविधानसभा सदस्यका लागि निर्वाचन गर्न गराउन र पार्टीहरुले पनि उमेदवार चयनमा विचार पु¥याउदा देशले काचुलि फेर्नेमा आशा गर्न सकिन्छ ।
ई नेपाल न्युज डट कम बाट