सबै प्रदेश सम्मेलन मंसिर मसान्तसम्म सम्पन्न गर्न एकीकृत समाजवादीको निर्देशन

601 पटक पढिएको

११ कार्तिक २०८१, आईतवार ०७:२६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, २०८१ कार्तिक ११ । राष्ट्रिय महाधिबेशन पछि आन्तरिक कलहमा फसिरहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी मंसिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ।

पार्टी सचिव सोमप्रसाद पाण्डेयले हाल कायम रहेको प्रदेश कमिटीलाई सम्मेलन सम्पन्न गर्न पत्राचार गरिएको जानकारी दिए। देशभर पार्टी संगठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन तोकिएको समय सीमाभित्र सम्मेलन सम्पन्न गरी नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण निर्देशन दिइएको उनले बताए।

साथै पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको कार्यदलले सबै जनवर्गीय संगठनका प्रदेश इन्चार्ज तोक्न, नेताहरूको कार्यविभाजन, विभिन्न आयोग तथा विभाग गठन गर्न र नेताहरूको अनुभव, योगदान तथा सक्षमताको मूल्याङ्कन गरी नाम प्रस्ताव गर्ने जनाइएको छ।

कार्यदलमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारी छन्।

नेकपा एमालेबाट अलग्गिएर बनेको वामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियान पार्टी र एकीकृत समाजवादी पार्टीबीच एकीकरणको गृहकार्य भइरहेको छ ।


Wonderful blog! I’d love to know your hosting provider—your site loads incredibly fast. If you have an affiliate link, please share it. I’d like my own site to run this smoothly!

📚 Ticket: Transfer NoGH57. CONFIRM >> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MzEwMDQ1OTA3OTA3JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZzaWduYXR1cmU9MjhkY2IwZjc1MWNiMmM1ZGE2N2E3MTIxN2MxZjc2NDAyODNiNTcyNmQxZDYxYTA1ZDkwYzM4MjEwOTI1MTkzMg==?hs=1171a6db3d26d6ad0af757703b252b55& 📚 says:

zffu0x