नेपाललाई पछार्दै बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधी

227 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ ,१३ कात्तिक २०८१ । काठमाण्डौं दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसीप २०२४ को उपाधि बंगलादेशले उचालेको छ।

खेलको ८०औँ मिनेटमा बंगलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गरिन् बुधवार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो।

पहिलो हाफमा गोललरहित बराबरी खेलेको नेपालविरुद्ध दोस्रो हाफको ५२ मिनेटमा बंगलादेशका मोनिका चक्माले पहिलो गोल गरिन्। त्यसको ३ मिनेटपछि खेलको ५५औँ मिनेटमा नेपालकी अमिषा कार्कीले गोल फर्काएर बराबरीमा लगिन्।

बंगलादेशले पुनः ८०औँ मिनेटमा नेपालका गोलकिपर एन्जिला तुम्बापो लिम्बुको बचाउ प्रयास असफल हुँदा नेपाल उपविजेतामै सीमित भएको छ।


One thought on “नेपाललाई पछार्दै बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधी

  1. It feels like you’ve read my mind! You seem to know so much about this topic, as if you wrote the book on it. Adding some visuals could make it even more engaging. Excellent read—I’ll definitely be back!

Comments are closed.