कोसीका मन्त्री लिलाबल्लभ अधिकारीले पद गुमाएको जापान काण्डमा संलग्न भएको आशंकामा ६ जना पक्राउ
300 पटक पढिएको
कात्तिक २२ बिहीबार २०८१ । कोसी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले पद गुमाउनुपरेको जापान काण्डमा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
मन्त्री अधिकारीलाई जापानको टोकियो महानगरले आयोजना गरेको ‘कल्चर एट होम’ नामको कार्यक्रममा सहभागी गराएर उनि संगै किर्ते कागजात बनाई तीन जनालाई जापान पठाउन भूमिका खेलेको भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।
मानव तस्करीमा मुछिएपछि मन्त्री अधिकारीले कात्तिक २१ गते बुधबार नै पदबाट राजीनामा दिएका थिए।
मन्त्री अधिकारीसंगै अरूलाई जापान पठाउने गिरोहमा संलग्न रहेको भन्दै नुवाकोटको विदुर नगरपालिका–७ घर भई सामाखुसी बस्ने जुगल रिजाल, दोलखाको जिरी नगरपालिका–९ घर भई काठमाडौँ महानगरपालिका–१६ बस्ने वीरबहादुर सुनुवार, धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका–६ घर भई चन्द्रागिरि नगरपालिका–८ बस्ने महेश पाण्डे. रसुवा कालिका गाउँपालिका–५ घर भई मनमैंजु बस्दै आएका कञ्चन देवकोटा, खोटाङको ऐंसेलुखर्क गाउँपालिका–२ घर भई बुढानीलकण्ठ–११ बस्ने दावा शेर्पा र खोटाङकै केपिलासगढी गाउँपालिका–४ घर भई बुढानीलकण्ठ–११ बस्दै आएका जनक राई पक्राउ परेका छन् ।
जापान जान खोज्ने तीन र अन्य तीन जनालाई पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
जापानको अध्यागमनले मन्त्रीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, जनक राई र २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेको थियो । उनीहरू मध्ये दुई जनाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयकै परिचय पत्र बोकेका थिए भने एक जनासँग वडा सदस्यको किर्ते परिचयपत्र रहेको थियो । प्रहरीले अहिले उनीहरुविरुद्ध किर्ते गरेको आरोपमा अनुसन्धान गरिरहेको बताएको छ ।
मन्त्री अधिकारी कात्तिक १३ गते अर्थात् अक्टोवर २७ तारिख राति नौ बजे जापानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए । उनलाई नोभेम्बर ७ तारिख नेपाल आउने रिटर्न टिकट दिइएको थियो ।
नौ घण्टा ट्रान्जिट रहेको हङकङमा विमानबाट उत्रिएपछि आफूसँगै जापान जान लागेका अन्य तीन जनालाई देखेपछि उनि झस्किएका थिए ।
One thought on “कोसीका मन्त्री लिलाबल्लभ अधिकारीले पद गुमाएको जापान काण्डमा संलग्न भएको आशंकामा ६ जना पक्राउ”
Comments are closed.
pq118a9989815489c24b81b160782015890ed2085epq