धार्के सीतापाईला सडक स्तरोन्नतीका लागि  पन्ध्र दिन बन्द गरिने

208 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,२२ कात्तिक २०८१ । नागढुंगा नौविसे सडक खण्डको विकल्पको रुपमा प्रयोगमा आईरहेको धार्के सीतापाईला सडक स्तरोन्नतीका लागि  पन्ध्र दिन बन्द गरिने भएको छ ।

स्तरउन्नती सहित निर्माणाधीन अवस्थामा रहेको सडकमा बाँकी रहेका कालो पत्रे गर्ने काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले निकालेको सूचनामा उल्लेख गरिएको छ।

सडक डिभिजन कार्यालय नुवाकोटले सूचना जारी गर्दै, अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स र प्रहरीका सवारी साधन बाहेक अन्य सबै सवारीका लागि सडक बन्द हुने जानकारी दिएको छ। कालो पत्रे गर्न बाँकी रहेको स्थानमा शुक्रबार बाट काम सुरु हुनेछ।

सडक बन्दका कारण राजधानी काठमाडौँ प्रवेश गर्न आउने सवारी साधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ। धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले यात्रुहरूलाई धार्के –नौविसो–नागढुङ्गा सडक र गल्छी–विदुर–छहरे–टोखा सडकको प्रयोग गर्न समेत आग्रह गर्नुभएको छ ।


One thought on “धार्के सीतापाईला सडक स्तरोन्नतीका लागि  पन्ध्र दिन बन्द गरिने

  1. Your blog is a beacon of light in the often murky waters of online content. Your thoughtful analysis and insightful commentary never fail to leave a lasting impression. Keep up the amazing work!

Comments are closed.