दीपक मनाङे डिल्लीबजार कारागार चलान
182 पटक पढिएको
काठमाडौं ,२७ कात्तिक मंगलबार २०८१ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भइ पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) डिल्लीबजार कारागार चलान भएका छन् ।
मंगलबार काठमाडौंबाट पक्राउ परेका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो । त्यसपछि ज्यान मार्ने उद्योग गरेको मुद्दामा अदालतले गरेको फैसला कार्यान्वयनका लागि उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।
२०६१ वैशाख ३१ गते काठमाडौंमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई उच्च अदालत पाटनले पाँच वर्ष कैद तोकेको थियो । उक्त फैसलालाई यही कार्तिक २० गते सर्वोच्च अदालतले सदर हुने ठहर गरेपछि प्रहरीले मनाङेलाई पक्राउ गरेको हो ।
One thought on “दीपक मनाङे डिल्लीबजार कारागार चलान”
Comments are closed.
“This is content excellence at its finest! The depth of research and clarity of presentation sets a new standard. Your expertise in this field is truly impressive.”