आजको मौसम : पहाडी भेगमा बदली, अन्यत्र सफा

403 पटक पढिएको

८ मंसिर २०८१, शनिबार ०५:४३ सम्पादक: धादिङ न्यूज

काठमाडौं ,८  मंसिर  २०८१ । आज पहाडी इलाकामा मौसम बदली रही अन्य भूभागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल देशभर पश्‍चिमी वायुको सामान्य प्रभाव छ। साथै, भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्न चापीय प्रणाली पनि देखिएको छ।

आज दिउँसो कोशी, वागमती र गण्डकीका पहाडी भेगका केही ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली इलाकाका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

आज राति कोशी, गण्डकी र कर्णालीका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।