धादिङबेसीका एक युवकको शव भिरमा भेटियो

558 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ ,१२ असोज ः शुक्रवार विहान ६ वजे देखि बेखवर रहेका एक युवक शनिवार विहान मृत अवस्थामा भेटिएका छन । धादिङको नीलकण्ठ –५ पुछारबजारका १९ बर्षीय सुमन शाक्य सदरमुकाम नजिकै पर्ने मुरलीभञ्ज्याङ–गाविसको वडा नम्बर २ तिन तले भिरमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

          युवकले आत्महत्या गरेका हुन या कसैले कर्तव्य गरी हत्या गरेको हो यस वारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शुक्रवार विहान घरवाट वाहिर निस्किएका शाक्यले चलाउने मोवाइल उनको शव भेटिएको स्थल नजिकै शुक्रवारनै फेला परेको थियो । मोवाइल भेटिएपनि मान्छेको अवस्था अज्ञात रहेपछि उनको खोजीमा परिवार,आफन्त, प्रहरी लागेका थिए ।

शनिवार विहान भिरमा उनको शव भेटिएपछि प्रहरीले शवको मुचुल्का गरी शव परिक्षणका लागि जिल्ला अस्पताल ल्याएको छ । घटनाका वारेमा अनुसन्धान जारी रहेकाले अहिले केही वताउन नसकिने प्रहरीले वताएको छ ।