सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार
185 पटक पढिएको
काठमाडौं मंसिर १२, २०८१ । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ।
प्रसाईंले गैरकानुनी रूपमा आफूलाई हिरासतमा लिएको र हिरासतमुक्त हुन पाउनुपर्ने माग राखिएको रिट खारेज भएको हो। बुधबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ।
सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलका अनुसार रिट खारेज भएपनि निर्देशनात्मक आदेशमा के छ भन्ने कुरा खुलिसकेको छैन। ‘रिट खारेज भयो । निर्देशनात्मक आदेशमको कुरा हात परिसकेको छैन,’ उहाँले भन्नुभयो । सर्वोच्चमा उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
प्रसाईंलाई मंसिर ४ गते पक्राउ गरेर साइबर ब्युरोले विद्युतीय कारोबारसम्बन्धी कसुर (साइबर क्राइम) को अनुसन्धान गरिरहेको छ।
One thought on “सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार”
Comments are closed.
BWER empowers businesses in Iraq with cutting-edge weighbridge systems, ensuring accurate load management, enhanced safety, and compliance with industry standards.