पोखराबाट काठमाडौं ल्याइयो रवि लामिछानेलाई

404 पटक पढिएको

१३ मंसिर २०८१, बिहीबार १९:०८ सम्पादक: धादिङ न्यूज

काठमाडौं मंसिर १३, २०८१ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको छ।

लामिछानेलाई साँझ पोखराबाट विमानमार्फत बयानका लागि काठमाडौं ल्याइएको हो।

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम ठगीबारे थप अनुसन्धान गर्न लामिछानेलाई बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट रविलाई सोझै जिल्ला प्रहरी कार्यालय परिसर भद्रकाली लगिएको छ।

विमानस्थलबाट निकाल्ने क्रममा रास्वपाका नेता कार्याकर्ताले नारावाजी गरेका थिए।