नगद लुटिएका प्रधानाध्यापक गम्भीर घाइते,काठमाण्डौको शिक्षण अस्पताल भर्ना

574 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ /शिक्षकको तलव भत्तलाका लागि रकम बैंकबाट झिकेर धादिङबेसीबाट खहरेतर्फ जानलागेको बेला लुटिएका अचने उच्च माविका प्रधानाध्यापक रविदत्त सापकोटा गम्भीर घाइते अवस्थामा फेला परेका छन् । 
धादिङबेसी सल्यानटार सडकअन्तरगत पर्ने ज्यामरुङ गाविस वडा न.ं ६ धुसेनी डाँडाबाट लुटिएको सापकोटाले जानकारी दिनुभयो ।994008_10201151039116108_1380725808_n
शिक्षकको तलवभत्ता र विद्यालयको रकम राष्ट्रिय वाणिज्य वंकबाट झिकेको १५ लाख ८९ हजार, विद्याथीृको छात्रवृत्तिको रकम सानिमा विकास वैकबाट झिकेको १२ हजार , विद्यालयको कम्यूटर किन्न ल्याएको रकम १४ हजार र व्यक्तिगत रुपमा रहेको १० हजार रुपैयाँ लुटिएको सापकोटाले बताउनुभयो ।
सदरमुकामबाट झोलमा पैसा बोकेर मोटरसाइकलमा खहरेतर्फ जाँदै गर्दा बाटो ढुकेर बसेका ४ जना नकावधारीले मोटरसाइकल रोकेर आक्रमण गरेका थिए । मोटरसाइकलको केही समयअघिबाट पछाडी सिटमा बसेका कुबेर इटनीले पैसा भएको झोला बोकेकोले उनिहरुले झोला खासे । इटनीलाई नालीमा लडाए । रबिदत्त सापकोटालाई कुटपिट गर्दै मोबाइल खोसे । कुटपिट गर्दै गर्दा पैसा लुट्नबाट जोगाउन खोज्दा उनिहरुले ढुङ्गालेसमेत हानेर आक्रमण गरि गम्भीर घाइते बनाएको पीडित सापकोटाले जानकारी दिनुभयो ।
कच्चीसडकबाट खोलातीर झरेपछि मार्ने नै भए भन्ने ठानेर प्रतिकार गर्न लाग्दा नकाव फुत्किउकोले दुई जना लुटेरालाई आफूले स्पष्ट चिनेको बताउँदै आफूलाई मार्ने नियतले आक्रmमण गरेको सापकोटाको भनाइ छ ।

आक्रmमणबाट बच्नका लागि भीरबाट हमफालेर बाँचेका सापकोटालाइृ स्थानीयले जंगलबाट बोकेर सल्यानटार स्थित मेडिकलसम्म पुर्याएका थिए । मेडिकलमा सामान्य उपचारपछि रातीनै सदरमुकाम स्थित जिल्ला अस्पतालमा उपचार गरि.थप उपचारको लागि काठमाण्डौको शिक्षण अस्पताल भर्ना गरिएको छ । प्रहरीले अनुसन्धानको लागि केही व्यक्तिलाई नियन्त्रणमा लिउको जनाको छ ।