धादिङमा चुनावी रन्को , मुख्य दलवाट कस्ले पायो टिकट ?

722 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/आसन्न संविधान सभा निर्वाचनका लागि पार्टीका सबै तहमा निकै लामो छलफल ,शंका उपशंका,विवाद र हानथाप पछि मुख्य दलहरुले आ–आफ्नो तर्फवाट उम्मेदवारको टुङगो लगाएका छन । प्रमुख चारवटा दलले धादिङ जिल्लाको तीन वटै निर्वाचन क्षेत्रका लागि आसन्न संविधान सभा निर्वाचनमा मैदानमा पठाउने उम्मेदवारहरुको नाम सार्वजनिक गरेपछि जिल्लामा चुनावी रन्को शुरु भएको छ । मुखैमा आएको दशैको भन्दा पनि यतिवेला चुनावी माहोलले सबैलाई व्यस्त वनाउन थालेको छ । टिकटका बिषयमा दलहरुका नेता कार्यकर्ताका बिचमा केही असहमती, असन्तोष,आक्रोश सबै दलहरु चुनावी तयारीमा जुटिसकेका छन । पार्टी केन्द्रले सवै क्षेत्रमा उम्मेदवारको टुङगो लगाएपछि विपक्षी दल भित्र मात्रै होइन आफ्नै दलका नेता कार्यकर्ताहरुका बिचमा विभिन्न किसिमका अडकलहरु हुन थालेका छन । अव चुनाव कस्ले वाजी मार्ला सबैको चासो र छलफलको बिषय बन्न थालेको छ । UML
download (3) download (4)  नेकपा एमालेले मंगलवार सांझमात्र जिल्लाको तीन वटै क्षेत्रवाट उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । नेकपा एमालेको तर्फवाट धादिङको क्षेत्र नम्बर १ मा धनवहादुर घले,क्षेत्र नम्बर २ वाट गुरुप्रसाद बुर्लाकोटी र क्षेत्र नम्बर ३ मा राजेन्द्रप्रसाद पाण्डेको नाम सार्वजनिक भएको छ । एमालेले यस अघि क्षेत्र नम्बर १ का लागि डाक्टर रामकुमार अधिकारी र शम्भु थापाको नाम वाहिर ल्याएपनि अन्तिम समयमा आएपछि भने धनवहादुर घलेको नाममा टिकट दिएको हो । एकीकृत नेकपा माओवादीले धादिङ जिल्लाको तीन वटै क्षेत्रमा अघिल्लो संविधान सभामा निर्वाचित पुष्पविक्रम मल्ल–१,कल्पना धमला–२ र शालिकराम जमकट्टेललाई पुन ः मैदानमा उत्रार्ने निर्णय यस अघिनै गरिसकेको थियो ।
यसै गरी अर्को प्रमुख दल नेपाली कांग्रेसले पनि पटक पटक गरी टिकट पाउनेहरुको सूचिमा राख्दै धेरै जनाको नाम वाहिर ल्याएपनि अन्तिम समयमा आएर दुई जना नयां अनुहारलाई मैदानमा उतारेको छ । नेपाली कांग्रेसको तर्फवाट क्षेत्र नम्बर १ मा तिलक रुवाली, क्षेत्र नम्बर २ मा रामनाथ अधिकारी, क्षेत्र नम्बर ३ मा बुद्धलक्ष्मी लामाले यस पटकको सविधान सभा चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन । नेपाली कांग्रेसवाट दुईजना र नेकपा एमालेको तर्फवाट एक जना नयां अनुहारहरु मैदानमा उत्रिएका छन । नेकपा एमालेका पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डे धादिङ जिल्लाको क्षेत्र नम्बर ३ वाट २०६४ सालमा संविधान सभा सदस्यमा पराजित हुनु भएको थियो । यसै गरी एमाले पार्टीका पुर्व जिल्ला अध्यक्ष गुरुसाद बुलाकोटी धादिङ क्षेत्र नम्बर २ का लागि परिचित तर चुनावी मैदानमा नयां अनुहार हुनुहुन्छ । विगतमा क्षेत्र नम्बर १ वाट चुनावी मैदानमा उत्रिएपनि गृहक्षेत्रबा भने बुर्लाकोटीले पहिलो टिकट पाउनु भएको हो । क्षेत्र नम्बर १ मा एमालेले युवा उम्मेदवारलाई मैदानमा उतारेको छ । नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का अध्यक्ष समेत रहेका धनवहादुर घले यस पटक क्षेत्र नम्बर १ वाट चुनावी मैदानमा उत्रनु भएको हो । नेपाली कांगेस धादिङका सभापती अधिकारी २०६४ को संविधान सभामा पराजित हुनुभएको थियो । क्षेत्र नम्बर १ का रुवाली र क्षेत्र नम्बर ३ का लामा भने पहिलो पटक मैदानमा उत्रिएका व्यक्ति हुन ।

यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा पुर्व मन्त्री बुद्धिमान तामाङलाई क्षेत्र नम्बर २ मा नन्दसाद काप्रीलाई र क्षेत्र नम्बर ३ मा जीतवहादुर भण्डारीलाई उम्मेदवार वनाएको छ । त्यसैगरी नेकपा मालेले पनि जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ । मालेको तर्फवाट क्षेत्र नम्बर १ मा भरत नेपाल,क्षेत्र नम्बर २ मा हरी आचार्य र क्षेत्र नम्बर ३ मा रामेश्वर सिम्खडाले उम्मेदवारी दिएका छन । यस अघि जिल्लामा खासै चर्चामा नआएको नेपाल कम्युनिष्ट पार्टीले पनि जिल्लाको तीन वटै क्षेत्रमा उम्मेदवारी दिएको छ । नेकपाको तर्फवाट मैदानमा उत्रनेहरुमा क्षेत्र नम्बर १ मा डिलवहादुर घिमिरे, क्षेत्र नम्बर २ मा गोमा लामिछाने र क्षेत्र नम्बर ३ मा कान्छा तामाङ रहेका छन । यी वाहेक अन्य दलको तर्फवाट पनि धादिङ जिल्लामा उम्मेदवारी पर्ने भएको छ ।