अपाङ्गता भएका महिलाहरुलाई ३ दिने तालिम शुरु

827 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/अपाङ्गता भएका व्यक्तिका अधिकार सम्बन्धि महासन्धि २००६ (सिआरपिडि) र राज्यका कानुनी व्यवस्था सम्बन्धि ३ दिने तालिम आजबाट धादिङ जिल्लाको सहयात्री एड्भोकेसी सेन्टरमा संचालन भएको छ ।
अपाङ्गता भएका २३ जना महिलाहरुको सहभागीतामा अपाङ्ग महिलाहरुको अधिकार के छ । अन्तराष्ट्रिय सन्धि संझौताहरु के के छन् र नेपालको कानुनी व्यवस्थाहरु के छन् भन्ने विषयमा ३ दिन सम्म छलफल हुने छ ।
तालिमको उद्घाटन साहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले गर्नुभएको थियो । भने कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका जर्नादन रिजाल, जनस्वास्थ्य कार्यालयका मोहन सुवेदी , वौद्धिक अपाङ्गता अविभावक संघका अध्यक्ष विश्वराज अधिकारी, अपाङ्ग महिला संघका महासचिव निर्मला धिताल, र कोषाध्यक्ष अनिता घिमिरे , अपाङ्ग कल्याण संघका अध्यक्ष गुणराज खतिवडा, सहयात्री समाज तथा महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङका अध्यक्ष अम्विबका रुपाखेती लगायताको अतिथ्यता रहेको थियो ।
शुभकामना मन्तव्यको क्रममा अपाङ्ग कल्याणसंघका अध्यक्ष गुणराज खतिवडाले अहिले पनि सरकारी निकायहरु अपाङ्ग मैत्री हुन नसकेको र सरकारी निकायका जिम्मेवार व्यक्तिहरु समेत संवेदनशिल हुन नसकेको गुनासो गर्नु भएको थियो । यसै गरी वौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष विश्वराज अधिकारीले अहिले पछिल्लो समयमा वौद्धिक अपाङ्गता भएका महिलाहरुमाथि जबजरजस्ती करणीका घटनाहरु वढेको र पीडितले न्याय पाउने अवस्था एकदमै न्युन भएकोतिर ध्यानकर्षण गराउनु भएको थियो ।

यसै गरी शुभकामना मन्त्व्य व्यक्त गदै जिल्ला स्वास्स्थय कार्यालयका सुमन सुवेदीले तालिमको शुभाकामना दिदै जिल्ला स्वास्थ्य कार्यालयले गर्नुपर्ने सहयोग गर्न तयार रहेको प्रतिवद्धक्त व्यक्त गर्नुभयो । जिल्ला शिक्षा कार्यालयका उपसचिव जनार्दन रिजालले जनगणनाको तथ्यांकलाई आधार मान्दा करिव १५०० स्कुल जाने उमेरका वालवालिका अपाङ्ग भएको तथ्याकं भएपनि हाल सम्म पनि जिल्ला शिक्षा कार्यालयबाट करिव ५०० जनालाई मात्र छात्रवृद्धि वितरण गर्न सकिएको छ । त्यसैले अपाङ्गता भएका विद्यालय जाने उमेरका वालवालिकाहरु विद्यालय जान नसकेको पृष्टि हुन्छ त्यसैले सबैले मिलेर यसको वास्तविक तथ्याकं ल्याउन पहल गर्नुपर्ने देखिन्छ । यसै गरी उद्घाटन शत्रका प्रमुख अतिथि विजराज पौडेलले तालिमको सफलताको शुभकानाका साथै यो तालिम अपाङ्गता भएकाहरुका लागि मात्रै हैन सपाङ्ग र सरोकारवालाहरुलाई समेत दिनुपर्ने जरुरी छ । अपाङ्गता भएका व्यक्तिहरुका लागि जिल्ला प्रशासन कार्यालय जहिले पनि तयार रहेको प्रतिवद्धत्ता व्यक्त गर्नुभयो ।
तालिममा मानवअधिकार महिला अधिकार अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि, नेपालमा अपाङ्गता सम्बन्धि कानुनहरुको विषयमा ३ दिन सम्म सहजीकरण गरिने अपाङ्ग महिला महासंघ जिल्ला च्याप्टर धादिङ्गका अध्यक्ष संझना रिजालले जानकारी दिनुभयो ।