युवा सञ्जाल धादिङको अध्यक्षमा अमृत अधिकारी निर्विरोध चयन

660 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/युवा सञ्जाल धादिङको पाँचौ बार्षिक साधारण सभा तथा तेस्रो अबिधेशनले अध्यक्षमा अमृत अधिकारीलाई निर्विरोध चयन गरेको छ । अधिबेशनले १० सदस्यिय कार्य समितिको चयन गरेको छ । जसमा उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठ, सचिवमा सरिता श्रेष्ठ, महासचिवमा बद्री अधिकारी, कोषाध्यक्षमा प्रविन घिमिरे र सदस्यहरुमा किरणकुमार श्रेष्ठ, सरिता अधिकारी, अमृता खतिवडा, शान्त ढुङगाना र अर्पणा पण्डित रहेका छन् । 553805_4815202597068_1705601828_n
यूवा सञ्जाल धादिङकी अध्यक्ष पार्वती श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा युवा अभियानका प्रदिप परियारको प्रमुख आतिथ्य रहेको थियो । उद्घाटन कार्यक्रममा बोल्नु हुँदै परियारले धादिङ जिल्लालाई नमुना जिल्ला बनाउनको लागि धादिङका युवाहरु एक जुट हुनु पर्ने वताउनु भएको थियो । यसै गरी युवा सञ्जाल धादिङले बालबालिकाहरुलाई विभिन्न चेतनामूलक क्रियाकलापहरु गर्दै आइरहेकोमा आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिइने वताईएको छ । कार्यक्रममा युवा सञ्जाल धादिङका सचिव अर्जुन कुमार श्रेष्ठले आर्थिक बर्ष २०६९÷७० मा युवा सञ्जाल धादिङले गरेका कार्यक्रमहरुको प्रतिबेदन, आर्थिक बर्ष २०६९÷७० आर्थिक प्रतिवेदन, आगामी आर्थिक बर्ष २०७०÷७१ म हुने कार्यक्रमको प्रतिवेदन र संस्थाका कोषाध्यक्ष संगिता आले मगरले संस्थाको आय ब्याय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा एक्सन नेपाल धादिङका सन्तबहादुर भट्टराई, युवा सञ्जाल धादिङका सल्लाहकार राजेन्द्रप्रताप शाह,नविन बन्धु पहाडी, राजकुमार श्रेष्ठका साथै विभिन्न संचारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।