अब विहे अघि एचआईभी परीक्षण
507 पटक पढिएको

काठमाडौं । प्रायः हरेक युवा युवतीले विवाह अघि अनिवार्य रुपमा एचआईभी परीक्षण गर्न थालेका छन् । विवाह गर्ने उमेरका युवा युवतीले मनको सन्तोषका लागि एचआईभी परीक्षण गरेका हुन् । परीक्षण पछि उनीहरुले निर्धक्क सित विवाह गरे हुन्छ भन्ने सोचाई राख्दै आएको छ ।
यस्तै युवा युवतीमा ड्रग्स लिनेहरुको संख्या धेरै ठाउँमा बढेको छ । खासगरी ती युवा युवतीमा ड्रग्सको कारण एड्स सर्ने प्रवल सम्भावना बढ्दै जाने कुरा डाक्टरहरुको भनाई रहेको छ ।
यस्तै विहे अघि बुद्धि नपु¥याउँदा चितवन,कास्की, लमजुङ्ग, तनहुँ आदिका ठाउँहरुमा एचआइभी संक्रमित भएका छन् । चितवनको सानु तामाङ (नाम परिवर्तन) लाई विदेशिएका श्रीमान्ले एचआईभी सारिदिए । श्रीमान्को मृत्युपछि उनी समाजमा पीडा सहेर बस्न बाध्य छिन् । सूर्तिमा केसी (नाम परिवर्तन)लाई पनि विदेशबाट फर्केका श्रीमान्ले् कलिलै उमेरेमै एचआइभी सारिदिए । भर्खरै बच्चा जन्माएकी उनी मृत्युसँग लड्दै छिन् । उनका श्रीमान् पनि रोगले थलिएका छन् । चितवनमा ४२ प्रतिशत संक्रमित महिलामा विदेशिएका श्रीमान्ले एचआईभी सारेका हुन् । चितवनमा यौन व्यवसायमा संलगन ९ सय ५१ मध्ये दश जनामा एआइभी संक्रमण देखिएको छ । त्यस्तै ७५ जना तेस्रो लिङ्गी मध्ये आठ जना संक्रमित छन्, उनीहरु यौनकर्मी हुन् । युवायुवतीलाई संक्रमणबाट बचाउन बिहे अघि तथा पछि पनि एचआईभीबारे प्रशिक्षण दिनु पर्ने न्यौपानेको भनाई छ । चितवनमा ९ सय ५ जना एचआइभी संक्रमित छन्, जसमा ४५ प्रतिशत महिला छन् । चितवनका ४३ सहित ७२ जना एचआइभी संक्रमित बालबालिकाको चितवनमा उपचार भइरहेको खबरपाटी डट कमले जनाएको छ ।