आचारसंहिता पालना गर्न संवद्ध सवै पक्ष सचेत रहने

575 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ÷संविधानसभा सदस्य निर्वाचन २०७० को लागि तयार भएको आचारसंहिताको पूर्ण पालना गर्न जिल्लाका राजनैतिक दलहरुले प्रतिवद्धता जाहेर गरेका छन । आसन्न संविधान सभाको निर्वाचनमा आचारसंहिताको उल्लंघनका घटनाहरु हुन नदिन संवद्ध सवै पक्ष सचेत रहने भएका छन । असोज २३ थते धादिङका मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलू, निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत श्रीप्रसाद संजेल तथा निर्वाचन क्षेत्र नं. ३ का निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेती मेतको उपस्थितिमा जिल्लामा संविधान सभा सदस्य निर्वाचन २०७० को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको यस जिल्लाका ३ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरु सहभागी रहेको वैठकले आचारसंहिता पालनाका लागि प्रतिवद्धता जनाएको हो ।

त्यसै गरी सोही बैठकले निर्वाचन आचार संहिता उल्लघंन हुने गरी निर्वाचन प्रचार प्रसार गर्ने उद्देश्यले राजनीतिक दलको झण्डा वा निर्वाचन चिन्ह छापिएको टोपी, टिसर्ट, कमेज, झोला, कलम लगायतका कुनै पनि सामाग्री तयार गरी प्रयोगमा ल्याउने कार्यमा रोक लगाउने निर्णय गर्नुका साथै निर्वाचन प्रचार प्रसारको सिलसिलामा दशैं, तिहार, छठ जस्ता अवसर पारी राजनीतिक दल, उम्मेदवार राजनीतिक दलसँग सम्बन्धित व्यक्ति, राजनीतिक दलको भातृ संगठन तथा पदाधिकारीहरु समेतले जलपान, भोजभतेर जस्ता कार्यक्रमहरु संचालन गर्न नपाउने गरी रोक लगाउने बिषयमा सहमती जनाउदै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने सम्बद्द सबैले प्रतिबदत्ता जनाएका छन ।

बैठकले राजनैतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुको व्यक्तिगत सुरक्षा व्यवस्था प्रभावकारी वनाउने र निर्वाचन प्रचारप्रसार गर्दा आमसभा लगायतका कार्यक्रमहरु गर्दा एक आपसमा नजुध्ने गरी तय गरी सुरक्षा निकायमा अग्रिम जानकारी दिएर मात्रै गर्ने गराउने निर्णय समेत गरेको धादिङका जिल्ला निर्वाचन अधिकारी रामकृष्ण अर्यालले वताउनुभएको छ ।