धादिङबेसीमा जनचेतना मूलक सडक नाटक प्रदर्शन

731 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/ यू नाइटेड मिसन टु नेपाल धादिङले मानसिक रोगको लक्षण र समस्या, समाधानका उपायहरुका बारे जानकारी गराउने उद्धेश्यले सञ्चालन गरिएको २ दिने जनचेतना मूलक सडक नाटक बुधबार धादिङबेसीमा सम्पन्न भएको छ ।

मानसिक रोगका विरामीहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको बेला यस रोगको न्युनिकरण गर्न जिल्ला स्वास्थ्य कार्यालय धादिङको सहयोगमा उक्त सडक नाटक प्रर्दशन गरेको हो ।

कोपिला काप्रीले लेखन तथा निर्र्देशन गरेको नाटकमा मानिसहरुमा मानसिक रोग लाग्नुका कारण, लक्षण, समस्या, समाधानका उपायहरुको बारेमा आधारित उक्त नाटक मंगलबार धादिङबेसीको पुछारबजार प्रहरी बिट अगाडि प्रर्दशन गरिएको थियो भने बुधबार धादिङबेसी कै बीच बजारचोकमा प्रर्दशन गरिएको थियो ।

कार्यक्रममा यू नाइटेड मिसन टु नेपाल धादिङकी कल्पना भट्टराई, जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।