हसियाले हानेर आफनै श्रीमानको हत्या

624 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, २५ असोज । दसैंको रमझमले गाउँ बस्तीमा खुशीयाली छरिरहेको बेला दशैको फूलपातीका दिन धादिङको नलाङ गाबिसमा एक महिलाले आफनै श्रीमानको हत्या गरेकी छिन् । नलाङ गाबिस –२ महादेव स्थान का ४५ बर्षीया चन्द्र कुमारी अर्यालले शुक्रबार बिहान ९ बजेतिर आफनै श्रीमान ५१ बर्षीय नन्द प्रसाद अर्याललाइ घाटीमा धारिलो हतियारले हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घरायसी विवाद हुँदा आँफैले पकाएर दिएको भात खाँदै गरेका श्रीमानलाई घास काट्ने हसियाले घाटीमा हानी हत्या गरेको उनले प्रहरी समक्ष बयान दिएकी छिन् । अर्याललाइ पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको धादिङका प्रहरी नायब उपरिक्षक अशोक सिंहले बताउनु भयो ।