जिल्ला पार्टी नेत्तृत्व विहिन नभएको माओवादी केन्द्र धादिङको दावी
502 पटक पढिएको
धादिङ ३ जेठ २०८२ । पार्टीमा गुटवन्दी र चरम अन्तरविरोध रहेका कारण जिल्ला पार्टी नेत्तृत्व विहिन हुन गएको भन्ने कुरामा सत्यता नभएको नेकपा माओवादी केन्द्र धादिङले जनाएको छ ।
पार्टीका जिल्ला संयोजक मनराज भण्डारीले शनिवार एक प्रेस बिज्ञप्ति जारी गर्दै पार्टी भित्र कुनै विवाद नभएको र गुटवन्दीका कारण जिल्ला नेत्तृत्व चयन हुन नसकि जिल्ला पार्टी नेत्तृत्व विहिन भएको भनेर समाचारमा आएकाले सो बिषयमा पार्टीको ध्यानाकर्षण भएको वताउनु भएको छ ।
जिल्ला संयोजक भण्डारीले हस्ताक्षर गरी जारी गरिएको बिज्ञप्तिमा भनिएको छ ‘ नेकपा माओवादी केन्द्रको विधानमा गाउँ र नगर अधिबेशन सम्पन्न भएपछि जिल्ला समिति स्वत विघटन हुने व्यवस्था रहेको छ । वागमती प्रदेश कमिटीले जारी गरेको परिपत्र अनुसार २०८२ बैशाख महिना भित्रमा जिल्ला संयोजकको अध्यक्षतामा बैठक विस्तारित भेला राखी १०० जनाको नयाँ जिल्ला समिति चयन भईसकेको र सचिव चयन गर्न बाँकी रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
माओावदी केन्द्रको जिल्ला संयोजक प्रदेश कमिटिले चयन गर्ने र अर्को व्यवस्था नहुँदा जिल्ला संयोजक पहिलेकै कायम हुने भएकाले जिल्ला पार्टी नेत्तृत्व विहिन भएको भनेर सञ्चार माध्यममा आएको समाचारले अन्यौल बनाउने काम गरेको भण्डारीले धादिङ न्यूजलाई बताउनु भयो ।
अर्को संयोजक चयन नहुन्जेलसम्म संयोजकमा क. मनराज भण्डारी (शैलेस) र जिल्ला इन्चार्जमा क. पुष्प विक्रम मल्ल (सिंह) कायम रहेको जानकारी गर्दछु भण्डारीले जारी गर्नुभएको बिज्ञप्तिमा लेखिएको छ ।
पार्टीको इन्चार्जमा पुष्पबिक्रम मल्ल र जिल्ला संयोजकमा मनराज भण्डारीनै रहेको भन्दै माओवादीका केन्द्रका केन्द्रिय सदस्य एवम् वागमती प्रदेशका पूर्व मुख्य मन्त्री शालिकराम जमकट्टेलले पनि सामाजिक सञ्जाल मार्फत स्ष्पट पार्नुभएको छ ।
सञ्चार माध्यममा आए जस्तो पार्टी भित्र कुनै गुठवन्दी र विवाद नरहेको माओवादी केन्द्रका नेताहरुले दावी गरेका छन् ।
केही दिन अघि पार्टीको वागमती प्रदेश कमिटिले धादिङ जिल्ला समिति विघटन गरिदिएपछि नेकपा माओवादी केन्द्र धादिङले जिल्ला कमिटीको सचिव चयन गर्ने उद्देश्यले बैशाख ३१ गते जिल्लाको प्रथम विस्तारित भेला आयोजना गरेको थियो ।
पार्टी भित्रको गुटवन्दीका कारण निर्णयमा पु्ग्न नसकेको भेलामा सहभागी माओवादी केन्द धादिङका एक जिल्ला नेताले वताए जानकारी दिएकाले सोही आधारमा धादिङ न्यूजले असार २ गते ‘नेत्तृत्वविहिन बन्यो माओवादी केन्द्र धादिङ जिल्ला समिति ‘ शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।समाचारकक्षमा प्राप्त भएको बलियो प्रमाणपछि धादिङन्यूजले सो समाचार तयार पारेको थियो ।
भेलाले सचिव चयन गर्न नसकेको र जिल्ला भेला बस्नु अघि पार्टीका केन्द्रिय नेताहरुले आठ घण्टा सम्म निरन्तर छलफल गर्दा पनि निचोड निकाल्न नसकेको माओवादी केन्द्रका एक जिल्ला सदस्यले धादिङ न्यूजलाई वताएका थिए ।
विज्ञप्ति जस्ताकाे तस्तै









uxtt56
What’s up it’s me, I am also visitng thbis webb site daily, thiis site is really pleasant and the
users are really sharing nixe thoughts.
Here iss myy homepage; pornogramxxx.com
https://shorturl.fm/TbTre
https://shorturl.fm/FIJkD
https://shorturl.fm/N6nl1
https://shorturl.fm/j3kEj
https://shorturl.fm/A5ni8
https://shorturl.fm/j3kEj
https://shorturl.fm/a0B2m
https://shorturl.fm/YvSxU