नेपाल राष्ट्रिय शिक्षक संगठन थाक्रेद्धारा शिक्षक सम्मान

485 पटक पढिएको

१७ जेष्ठ २०८२, शनिबार २०:१९ सम्पादक: धादिङ न्यूज

रामचन्द्र रुपाखेती
१७ जेठ, महादेववेशी – नेपाल राष्ट्रिय शिक्षक संगठन थाक्रे गाउँसमितिको आयोजनामा जेठ १७ गते शनिवार  सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

गाउँसमितिले संगठनको १४ औं जिल्ला अधिवेशनमा निर्वाचत पदाधिकारी, थाक्रे गाउँपालिका बाट शिक्षक सेवा आयोगको परीक्षामा सफल भई थाक्रे वा अन्य पालिकामा पदस्थापन भएका शिक्षक, विभिन्न पदमा बढुवा भएका शिक्षक तथा निवृत्त शिक्षकहरुलाई बधाई तथा सम्मान एवम शिक्षक संगठनका आजिवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको छ हो ।

नेपाल शिक्षक महासंघ धादिङका अध्यक्ष ठानप्रसाद बसौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थाक्रे गाउँपालिकाको अध्यक्ष रामकुमार आचार्य, नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका अध्यक्ष हरि बहादुर सिलवाल, नेकपा एमाले धादिङका उपसचिव उर्मिला रेग्मी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम थाक्रे गाउँपालिकामा रहेको जनजागृति माध्यमिक विद्यालयमा भएको थियो ।