उम्मेदवारहरु चुनावी प्रचार प्रसार कार्यक्रममा व्यस्त-भोट माग्दै उम्मेदवार मतदाताको घरदैलोमा

539 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/ आसन्न संविधान सभा निर्वाचनका लागि धादिङ जिल्लावाट उम्मेदवारी दिएका विभिन्न राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु का चुनावी प्रचार प्रसार कार्यक्रममा व्यस्त भएका छन । DSC04184
आगामी मंसिर ४ मा हुने संविधान सभाको निर्वाचनमा आफ्नो पक्षमा मत माग्दै नेकपा एमाले,नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी र राप्रपाका उम्मेदवारहरुले सार्वजनिक कार्यक्रम गरी घर दैलो अभियान सञ्चालन गरिरहेका छन । अन्य सानादलवाट उम्मेदवारी दिएकाहरु पनि आंफुलाई पायक पर्ने स्थानमा पुगेर मत माग्न व्यस्त छन । बुधवार नेकपा एमालेले क्षेत्र नं १ को मार्पाक, क्षेत्र नं २ को सलाङ, क्षेत्र नं ३ को धुषा गाविसका विभिन्न ठाँउहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
धादिङको क्षेत्र नं १ को कोणसभा तथा घरदैलो कार्यक्रम मार्पाकको निर्माचोकमा सम्पन्न भएको र कार्यक्रममा नेकपा एमालेका उम्मेदवार धनबहादुर घलेको पक्षमा स्थानीय घले समुदायले नाचगानका साथ गाउंमा स्वागत गरेका थिए । सभालाई नेकपा एमाले जिल्ला कमिटि धादिङका उपसचिव शम्भु थापा, उम्मेदवार धन बहादुर घले, मार्पाक गाँउ कमिटीका अध्यक्ष चन्द्रबहादुर अधिकारी लगायतले सम्बोधन गरेका थिए ।
त्यस्तै धादिङ क्षेत्र नं २ का एमालेका उमेदवार गुरुप्रसाद बुर्लाकोटीले सलाङका विभिन्न क्षेत्रहरुमा घरदैलो कार्यक्रममा सम्पन्न गरेका छन । चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम सलाङको नहर्कीडाँडा, आमकोट लगायतका गाँउहरुमा सम्पन्न भएको बताईएको छ । नेकपा एमाले धादिङ क्षेत्र नं ३ का उम्मेदवार राजेन्द्र पाण्डे चुनावी प्रचार प्रसारका क्रममा बुधवार दक्षिणी धादिङको धुषा गाविसको स्यादुलमा पुगेका थिए । धुषा गाविसका विभिन्न गाँउहरुमा घरदैलो कार्यक्रम पश्चात आयोजना गरिएको कोणसभालाई क्षेत्र नम्बर ३ का निर्वाचन परिचालन कमिटि संयोजक भूमी त्रिपाठी, जीतेन्द्र चेपाङका साथै उम्मेदवार पाण्डेले सम्बोधन गरेको वताईएको छ ।guru uml

त्यस्तैगरी एमालेले भूमेस्थान गाविस वडा नम्बर २ मा पनि चुनावी कार्यक्रम सम्पन्न गरेको छ । भूमेस्थानको लेक मल्डुङमा घरदैलो कार्यक्रम पश्चात कोणसभामा जिल्ला कमिटि सदस्यहरु अम्बिका रुपाखेती, नवीन कुमार रिजाल, कृष्ण थापाले सम्बोधन गरेको वताईएको छ ।
चुनावी प्रचारप्रसारका क्रममा नेपाली काँग्रेस धादिङ क्षेत्र नं १ का उम्मेद्वार तिलकप्रसाद रुवालीले बुधबार मुलपानी गाविसमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन । क्षेत्र नं. २ का उम्मेदवार रामनाथ अधिकारीले ज्यामरुङ गाविसमा क्षेत्र नं ३ का उम्मेदवार बुद्धलक्ष्मी लामाले किरान्चोक गाविसमा घरदैलो कार्यक्रम सम्पन्न गरेको नेपाली कांग्रेस धादिङले जनाएको छ ।
एकीकृत नेकपा माओवादीले पनि जिल्लाको तीनवटै निर्वाचन क्षेत्रमा चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । एकीकृत नेकपा माओवादीका धादिङ क्षेत्र न. १ का उम्मेदवार पुष्पविक्रम मल्लले बुधवार मुलपानी गाँउ विकास समिति वडा न. ४ मा चुनावी कार्यक्रम सम्पन्न गरेका छन । यसैगरी क्षेत्र नम्बर १ मा पर्ने झार्लाङ गाउँ विकास समितिको वडा न. १ र २ मा पनि घरदैलो अभियान सम्पन्न भएको एनेकपा माओवादी धादिङले जनाएको छ । त्यसैगरी धुवाँकोट गाउँ विकास समितिको वडा न. ३ र ५ मा घरदैलो अभियान सम्पन्न भएको बताईएको छ ।
एमाओवादीका धादिङ क्षेत्र न. २ का उम्मेद्वार कल्पना धमलाले कुम्पुर गाउँ विकास समितिको वडा न. १ को भज्याङ र वडा न. ४ आमडाँडामा चुनावी कार्यक्रम सम्पन्न गरेकी छन । क्षेत्र नम्बर २ कै मैदी गाउँ विकास समितिको वडा न. ९ मा पनि घरदैलो अभियान सम्पन्न भएको एमाओवादीले जनाएको छ । क्षेत्र नम्वर ३ मा पनि घरदैलो अभियान संचालन भईरहेको वताईएको छ ।