धादिङमा सुन्तला उत्पादनमा बृद्धि, १६ करोडको बिक्री हुने अनुमान

757 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङमा सुन्तला उत्पादनमा बृद्धि, १६ करोडको बिक्री हुने अनुमान
 

धादिङ,/ धादिङमा यस वर्ष सुन्तला उत्पादनमा बृद्धि हुने भएको छ । गत वर्ष बोट सुक्ने रोगका कारण घाटा बेहोरेका किसानहरुले यस वर्ष राम्रो आम्दानी लिन पाउनेमा भएका हुन् ।

सुन्तालाको लागि प्रख्यात धादिङको जोगिमारा, धुसा र महादेवस्थान गरी तीन गाविसमा यस वर्ष सुन्तला उत्पादन बढेको हो । यी तीन गाविसमा पनि जोगिमाराको हेक्राङ, गैराङ, जवाङलगायतका गाँउमा यस वर्ष सुन्तालाको उत्पादन राम्रो भएको जिल्ला कृषि विकास कार्यालय धादिङले जनाएको छ ।

गत वर्ष जवाङबाट मात्र चार करोडको सुन्तला बिक्री गरिएको थियो । सुन्तला किन्नका लागि व्यापारीहरु गाउँसम्मै पुग्ने गरेका छन् ।

गत वर्ष जिल्लाबाट ८ करोडको सुन्तला बिक्री भएकोमा यस वर्ष दोब्बर भई १६ करोडको सुन्तला बिक्री हुने अनुमान गरिएको कृषि विकास कार्यालय धादिङले जनाएको इमेज च्यानल डट कमले खबर लेखेको छ ।