‘अदुवा बाजे’ सम्मानित

505 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, पुस ११ – धादिङमा पहिलो पटक व्यवसायिक रुपमा अदुवाखेतीको सुरुवात गरेर ‘अदुवा बाजे’का नामले चर्चा कमाएका धादिङ केवलपुरका कुलप्रसाद पौडेल सम्मानित हुनुभएको छ ।

अदुवा खेती सुरु गरेको ३४ वर्षपछि पौडेललाई केवलपुर गाविस अन्तर्गत रहेको कृषि वन तथा वाताबरण समितिले बुधबार सम्मान गरेको हो ।

केवलपुर गाविसको वडा नं ४, पौडेल गाउँका ६७ वर्षीय पौडेलले २०३६ सालमा पहिलो पटक केवलपुरबाट धादिङमा व्यवसायिक अदुवाखेतीको सुरुवात गर्नुभएको थियो । घरखर्च जुटाउन पौडेलले सुरु गरेको अदुवाखेती अहिले धादिङको मुख्य आम्दानीको श्रोत बनेको छ । केवलपुर गाविसबाट सुरु भएको अदुवाखेती जिल्लाको अरु गाविसमा पनि फैलिएको छ । गत वर्ष धादिङमा ५ सय ११ हेक्टरमा अदुवा खेती गरिएकोमा ६ हजार ८ सय १३ टन उत्पादन भएको थियो ।

सिँचाईको अभावले अन्नबाली राम्रोसँग नफल्ने केवलपुरमा अदुवाखेती राम्रो हुने थाहा पाएपछि व्यवसायिक रुपमा अदुवाखेती सुरु गरेका पौडेलले आफ्नै कारणले धादिङ जिल्ला अदुवामय बन्छ भनेर कहिले नसोचेको बताउनुभयो ।

‘त्यतिबेला लामीडाँडामा ५ धार्नी बीउ अदुवा भित्रिँदा हलचल नै मच्चियो ।’ उहाँले भन्नुभयो, ‘ धार्नीको २२ रुपैयाँका दरले किनेर अदुवा लगाएको देख्नेहरूले कुले बहुलाया’ पनि भने, । तर मैले काम गरेर देखाँए ।’

उज्यालो अनलाईनबाट