बेमौसमी तरकारी खेती र इन्डियन कुक तालिम

609 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ पुस १४-प्यासिफिक म्यानपावर टे«निङ सेनटर प्रा लि. को आयोजनामा धादिङबेसीमा आईतबार  बाट तीन महिने इन्डियन कुक, र बेमौसमी तरकारी उत्पादन तालिम सुरु भएको छ । _MG_9024
सहयात्री एड्भोकेसी सेन्टरमा सुरु भएको ३ सय ९० घण्टे तालिममा इन्डियन कुक अन्तरगत २० जना रहेका छन् भने बेमौसमी तरकारी उत्पादन अन्तरगत ४० जना सहभागि रहेका छन् ।
तालिमपछि सहभागिहरुले इन्डियन कुक अन्तरगत इनिडयन खनाका परिकार, सुप, अपिटाइजरर्स, स्न्यक्स, मेनकोर्स, डेजर्ट आदी बनाउन सक्ने प्रशिक्षक भोजराज पाण्डेले बताउनुभयो ।
तिन महिने अर्थात ३ सय ९० घण्टे तालिममा बेमौसमी तरकारी खेती अन्तरगत सहभागिहरुले तरकारी खेती गर्ने, गोडमेल, रेखदेखका साथै उत्पादन बढाएर थोरै जग्गामा धेरै आम्दानी गर्ने तरिकाहरु सिक्ने प्रशिक्षक कमला हुमागाइले जानकारी दिनुभयो ।