504 पटक पढिएको
बयासी चेपाङ परिवारलाई मौरी र घार वितरण
प्रकाशित मिति : सोमबार, मंसिर २४, २०७० | १३८ पटक हेरिएको
2
0
0
गजुरी – नेपाल सरकारको चेपाङ विकास कार्यक्रमअन्तर्गत धादिङका ८२ चेपाङ परिवारलाई मौरीसहितको घार वितरण गरिएको छ ।
व्यवसाय किट विकास निर्देशनालयअन्तर्गत मौरीपालन विकास शाखा गोदावरीले ‘एक घार एक गोला’ नारासहित चेपाङ समुदायको आर्थिक विकासका लागि मौरीसहितको घार वितरण गरेको हो।
कृषि सेवा गजुरीअन्तर्गत मौरीपालन शाखाका दत्तराम शर्मा र कृषि सेवा प्रमुख रेशमराज लामिछानेले जोगिमाराको हेक्राङमा दुईवटा र गजुरीको आदामारामा दुई समूह गठन गरी ८२ चेपाङ परिवारलाई प्रतिघार रु नौ हजार मूल्यबराबरको मौरी र घार वितरण गरेका हुन् ।
गत भदौमा कृषकलाई एक हप्ताको तालिमसहित प्राविधिक सहायकको सहयोगमा गोरखाका ११८ कृषकलाई पनि मौरीसहितको घार वितरण गरिएको थियो ।