बयासी चेपाङ परिवारलाई मौरी र घार वितरण

729 पटक पढिएको

सम्पादक: Dhadingnews.com

गजुरी -नेपाल सरकारको चेपाङ विकास कार्यक्रमअन्तर्गत धादिङका ८२ चेपाङ परिवारलाई मौरीसहितको घार वितरण गरिएको छ ।

व्यवसाय किट विकास निर्देशनालयअन्तर्गत मौरीपालन विकास शाखा गोदावरीले ‘एक घार एक गोला’ नारासहित चेपाङ समुदायको आर्थिक विकासका लागि मौरीसहितको घार वितरण गरेको हो।

कृषि सेवा गजुरीअन्तर्गत मौरीपालन शाखाका दत्तराम शर्मा र कृषि सेवा प्रमुख रेशमराज लामिछानेले जोगिमाराको हेक्राङमा दुईवटा र गजुरीको आदामारामा दुई समूह गठन गरी ८२ चेपाङ परिवारलाई प्रतिघार रु नौ हजार मूल्यबराबरको मौरी र घार वितरण गरेका हुन् ।

गत भदौमा कृषकलाई एक हप्ताको तालिमसहित प्राविधिक सहायकको सहयोगमा गोरखाका ११८ कृषकलाई पनि मौरीसहितको घार वितरण गरिएको थियो ।

– See more at: http://www.hamrakura.com/134325.html#sthash.We1HGYmT.dpuf