मैदी गाविसमा फलफुल तथा तरकारी उत्पादन कृषक समूह गठन

575 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ÷ समग्र मैदी गाविसलाई फलफूल र तरकारी क्षेत्र विकास गर्ने लक्ष्यका साथ मैदी गाविसमा फलफुल तथा तरकारी उत्पादन कृषक  समूह गठन गरिएको छ ।

            विगत २ बर्ष अगाडि परिवर्तनका लागि  प्रतिबद्धता समाज  धादिङको पहलमा जिल्ला कृषि विकास कार्यालय धादिङबाट लिची र जिल्ला भू संरक्षण कार्यालय धादिङबाट जापानिज नासपतिको विरुवा उपलब्ध गराएका अगुवा किसानहरुलाई कृषक समूहमा आबद्ध गरिएको कोसोक नेपाल धादिङका परिचालक नारायण कुमार श्रेष्ठ बताउनु भयो । फलफूल तथा तरकारी उत्पादन कृषक समूहका अध्यक्ष साबित्री पुरी, उपाध्यक्ष चन्द्र बराम मगर , सचिव राजन सिंखडा , कोषाध्यक्ष सुरेन्द्र प्रताप शाह, सदस्यहरुमा गोविन्द्र सिंखडा, अर्जुन शाही, अशोक मारती , मिना कार्की र धु्रव सिलवाल रहनु भएको छ । कृषक समुहलाई आर्थिक प्राविधिक रुपमा सवल र सक्षम  बनाउनको लागि बार्षिक योजना तयार गरी क्षमता विकास गर्ने योजना रहेको समूहका सचिव राजन सिंखडाले बताउनु भयो । कृषक समूह कै पहलमा यस आर्थिक बर्षमा जिल्ला कृषि विकास  कार्यालय धादिङको प्राविधिक  सहयोग लिएर ५ हजार लिचीको  विरुवा रोप्ने कार्यक्रम रहेको समूहका अध्यक्ष सावित्री पुरीको भनाई रहेको छ । गरिबी निवारण कार्यक्रमलाई कृषक समूहको माध्यमबाट आय आर्जन बृद्धि  गर्दै लैजाने समूहको लक्ष्य रहेको छ ।