रेशम खेती संकटमा

661 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, पुस २५ – किसानको आकर्षण कम हुँदै जाँदा पछिल्लो समय रेशम खेती संकटमा पर्न थालेको छ ।

अहिले देशका धनकुटा, पोखारा, स्याङजा, चितवन, काभ्रे, धादिङमा व्यवसायीक रेशम खेती हुँदै आएपनि सरकारी उदासीनताका कारण फस्टाउन नसकेको रेशम खेती विकास शाखा खोपासीले जनाएको छ ।

किसानलाई आवश्यक पर्ने प्राविधिक सहयोग र अनुदान एकदमै न्यून हुँदा यो खेती संकटमा पर्न थालेको रेशम खेती विकास अधिकृत चन्द्र ढकालले बताउनुभयो । रेशम खेतीका लागि जग्गा पनि धेरै चाहिने र २ वर्षसम्म यसको उत्पादन कुर्न पर्ने भएकाले किसानको आकर्षण घट्दै गएको उहाँको भनाइ छ । रेशम खेतीगर्ने किसानले कम्तिमा पनि १० देखि १२ रोपनी जग्गामा किम्बु लगाउनु पर्छ ।

अहिले नेपालमा १ सय ५० हेक्टर क्षेत्रफलमा किम्बु खेती भइरहेको छ । रेशम खेतीमा लागेका किसान अहिले तरकारी, पशुपालन र अरु फलफूल खेतीमा आकर्षित भएका पाईएको छ । यी बालिमा अनुदान पनि पाईने र छिट्टै फाइदा लिन सकिने भएकाले रेशम खेतीप्रति आकर्षण कम हुँदै गएको हो ।

रेशम खेतीबाट रेशमजन्य सामान उत्पादन गर्न सकिने भएपनि व्यवसायीक खेती घट्दै जाँदा माग अनुसारको उत्पादन हुन सकेको छैन । उत्पादन कम भएपछि चीन, भारतबाट रेशमको धागो आयात गर्न पर्ने बाध्यता छ –उज्यालो अनलाईनले खबर लेखेको छ ।